मन्त्रीबाट राजीनामा दिएका रास्वपाका नेताहरूले आज पत्रकार सम्मेलन गर्दै

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
rajinama1675607693
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भइ आइतबार राजीनामा बुझाएका नेताहरूले आज पत्रकार सम्मेलन गर्दैछन् ।

तीन नेताहरूले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरूका बारेमा जानकारी गराइने बताइएको छ ।

रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी डा. तोसिमा कार्कीले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित