‘भ्यालेन्टाइन–डे’का दिन बसन्त चौधरीका २ नयाँ कृति सार्वजनिक हुँदै

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
basant11675921814
फाइल तस्विर

काठमाडौं– बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ। प्रणय दिवसको अवसर पारी फेब्रुअरी १४ (फागुन २ गते) चौधरीको कविता वाचन कार्यक्रम आयोजना हुने भएको हो।

‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ। फागुन २ गते दिउँसो पौने ४ बजेदेखि काठमाडौंको मण्डला थिएटरमा प्रेमसँग सम्बन्धित कवितासहित कवि तथा साहित्यकार चौधरी उपस्थित हुनेछन्।

एकल कविता वाचन कार्यक्रममा कवि चौधरीले एक दर्जन बढी कविताहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यो दिन उनका दुई वटा पुस्तक ‘मेरा गीत’ (गीतहरूको संग्रह) तथा ‘जीवनमन्त्र– २’ (सुक्ति संग्रह) समेत लोकार्पित गरिनेछन्।

उनले केही वर्षअघि नेपाली साहित्यको उन्नयनका लागि विश्व काव्ययात्राको आयोजना गरी विभिन्न देशमा पुगेर कविताहरू प्रस्तुत गरेका थिए। नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सिर्जनाहरू सार्वजनिक गरिसकेका छन्।

केही समयअघि उनका ८५ वटा कविताहरूको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो। यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन्। त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो। ‘मेघा’ देखि ‘तिमीबिनाको म’ सम्म उनका एकदर्जन कृतिहरू प्रकाशित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित