नारायणी नदी किनारका अवैध संरचना भत्काउन सुरु

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
naryani
फाइल तस्विर

भरतपुर महानगरपालिकाले नारायणी नदी किनारका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगरले पछिल्लो समय अवैध संरचना भत्काउन ७ दिने अल्टिमेटम दिएको थियो । अवैध संरचना आफै नहटाए महानगरले बल प्रयोग गर्ने भएपछि केहि व्यक्तिले अवैध संरचना आफै हटाउन थालेका छन् ।

अवैध संरचना हटाउन भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, विभिन्न वडाका वडाध्यक्ष लगायतको टोली नारायणी नदी किनार पुगेको थियो । महानगर प्रमुख दाहालले महानगरका २९ वटै वडाका अवैध संरचना हटाइने बताएकी छन् ।
अवैध संरचना आफै भत्काउन लागेकामा खुसी लागेको भन्दै उनले अन्य ठाउँमा पनि आफै नभत्काए बल प्रयोग गरिने बताइन् । महानगरलाई व्यवस्थित बनाउनका लागि अवैध संरचना हटाउने अभियान थालिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित