मोदीसँगको भेटले भ्रमण सकारात्मक बन्यो : प्रधानमन्त्री दाहाल

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
prachandaa
फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भ्रमणका एजेण्डाहरुमा सकारात्मक परिणाम आएको बताउनु भएको छ ।

मध्य प्रदेशको भ्रमणमा प्रस्थान गर्नुअघि शुक्रबार बिहान नयाँदिल्ली स्थित होटल मौर्यमा नेपाली पत्रकारहरुसँग संवाद गर्दै प्रधानमन्त्री दाहालले मोदीसँग तीन पटक एक्लाएक्लै संवाद गरेपछि वातावरण सहज बनेको बताउनुभयो ।

‘परिस्थिति बिग्रेला जस्तो भईसकेको थियो, मोदीजीसँगको निरन्तर भेटले धेरै राम्रो र ठूलो कुराको सुरुवात भयो,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

माेदीले सीमा समस्या समाधानबारे पहिलो पटक बोल्नु पनि महत्वपूर्ण भएको दाहालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित