लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
lumbini
फाइल तस्विर

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।

प्रदेशले विगतकै केही राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको स्रोतले जनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित