जीवनको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेको भन्दै काजोलले सोसल मिडियाबाट लिईन् बिदा

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
kojol
फाइल तस्विर

बलिउड अभिनेत्री काजोलले सोसल मिडियाबाट बिदा लिएकी छिन् । उनले आफ्नो सोसल मिडिया अकाउन्ट इन्स्टाग्राममा यसबारे जानकारी दिएकी हुन् । यसका साथै उनले आफू जीवनको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेको पनि बताइन् । उनले यसबारे कालो ब्याकग्राउन्डमा क्याप्सन लेखेर जानकारी दिएकी हुन् । उनले कस्तो मुस्किल समय हो भनेर खुलासा चाहिँ गरेकी छैनन् ।

यसअघि काजोलले आफूले सोसल मिडियाबाट ब्रेक लिन लागेको जानकारी पनि दिएकी थिइन् । त्यसपछि उनलाई धेरैले प्रश्नसमेत गरेका थिए । यो जानकारीपछि उनले सोसल मिडियाबाट आफ्नो सबै पोस्ट र फोटो डिलिट गरेकी छिन् ।

काजोलको यो व्यवहारलाई धेरैले सामान्य मानेका छैनन् । उनले किन यस्तो भनेकी होलिन्, उनको जीवनमा कस्तो खालको समस्या आइरहेको छ भनेर धेरैले चासो तथा चिन्ता व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित