काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् ।
चितवनमा सम्पन्न ११औं महाधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
एशोसिएसनको महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले अन्य ४ जनालाई पराजित गर्दै विजयी भएका हुन् । अधिकारीले ३९५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धीले पूर्णप्रकाश बस्नेतले २३६ मत पाए ।
यस्तै प्रदेश उपाध्यक्षमा कोशीबाट कविता बस्नेत र मधेशबाट रामान्द साह, गण्डकीबाट भूमिश्वर शर्मा, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन् । बागमतीबाट १४३ मतका साथ जनकराज श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
खुला सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना निर्वाचित भएका छन् भने कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन् ।
अध्यक्ष केसीलगायत अधिकांस पदाधिकारी तथा सदस्यहरू संस्थापनइतर समूहका हुन् ।
Discussion about this post