प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध रिट दर्ता

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
parchanda baburam
फाइल तस्विर

काठमाण्डाै – प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पूर्वबालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाललगायतले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।

रिटको पेसी आउँदो मङ्गलवारका लागि तोकिएको उहाँले बताउनुभयो । रिटमा नेकपा (माओवादी केन्द्र) को दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको आरोप छ ।

यो रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । तर शुक्रवार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दरपिठ खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित