म कुनै कानून र अदालतलाई मान्नेवाला छैन : बालेन

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
balen-1
फाइल तस्विर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानून र अदालतलाई नमान्ने बताउनुभएको छ ।

मेयर साहले सामाजिक सञ्जालमार्फत ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्ने वाला छैन’, भनेर लेख्नुभएको छ ।

उहाँले फेसबुकमार्फत यस्तो लेख्नुभएको छ – ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि साहले काठमाडौं महानगरपालिकाभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाउने निर्णय गर्नुभएको थियो । सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको अवस्थामा साहले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित