१६ वर्षमुनिको एन्फा लिग असार ३० गतेदेखि शुरु  हुने

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Screenshot_20230626-104200_Chrome
फाइल तस्विर

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १६ वर्षमुनिको एन्फा लिग असार ३० गतेदेखि शुरु  हुने[ जनाएको छ ।

एन्फाले ’ए’ डिभिजन लिग क्लबसँगको छलफलपछि लिगको नयाँ मिति तय गरेको हो । यसअघि लिग असार २३ गतेदेखि सुरु हुने बताइएको थियो । क्लबहरूले मङ्गलवारसम्म आफ्ना टोलीहरू दर्ता गर्नुपर्नेछ भने असार २४ गतेसम्म खेलाडी दर्ता गर्नु पर्नेछ ।

लिगको खेल तालिका असार २५ मा सार्वजनिक हुनेछ । लिगका खेलहरु शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन खेलाइने छ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारीका लागि ३  लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित