सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बाढीको जोखिम

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Snkhuwasava-Badhi-1024x683
फाइल तस्विर

काठमाण्डाै – आज सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बग्ने नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले सूचना निकालेर बाढीको जोखिमबारे जानकारी गराउँदै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले पाँचथर, रसुवा, धादिङ, नुवाकोट, गोरखा, सल्यान, रोल्पा, रूकुम पश्चिम, जाजरकोट र आसपास भइ बहने केही स–साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान गरेको छ । निरन्तर पानी परिरहेका र धेरै पानी पर्ने क्षेत्रमा बाढी पहिरोको जोखिम बढी हुने महाशाखाले जनाएको छ।

बितेको १२ घण्टामा कतै पनि भारी वर्षा भएको छैन । तर आज दिउँसोपछि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै, बाढी पूर्वानुमान् महाशाखाले आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, राप्ती, बबइ लगायतका नदी र ती नदीका सहायक नदीहरुमा बाढी आउने जोखिम रहेको जनाएको छ।

मनसुनी वायुको प्रभावले देशका धेरैजसो भूभागमा वर्षा हुने भएकाले सानाठूला नदीहरूमा पानीको बहाव बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित