कोरिया गएर फर्किएकालाई ईपीएस भाषा परीक्षाको आवेदन खुल्यो

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Screenshot_20230721-094755_Chrome
फाइल तस्विर

काठमाण्डाै – कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । शाखाले आज सूचना निकालेर कोरियामा वैधानिक तरिकाले रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन  सकिने जनाएको छ । भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने छ ।

नतिजा प्रकाशन असोज ३ गते हुनेछ । दुई देशबीच भएको समझदारी अनुसार दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अनुरूप आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपले नेपाल फर्केका इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेछन् । आवेदकको उमेर १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित