अक्सफोर्ड कलेजले भन्यो–घाइतेहरुको उपचारको लागि प्रतिबद्ध छौँ

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
oxford1-large
फाइल तस्विर

चितवन : गैँडाकोटस्थित अक्सफोर्ड कलेजको बसको ठक्करबाट घाइते भएका २० जनाको उपचारको जिम्मा कलेज प्रशासनले लिएको छ । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले बुधबार एक विज्ञप्ति जारी गरी कलेज प्रशासन घाइतेहरुको उपचारको लागि प्रतिबद्ध रहेको बताएको हो ।

बुधबार दिउँसो करिब ११ः४० बजेको समयमा रत्नननगरतर्फ जाँद गरेको कलेजको ना १ क ६१३१ नम्बरको बसले टिकौली जंगलमा लाश बोकेको बलेरो, चार मोटरसाइकल र दुई स्कुटरहरुलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए । उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको भरतपुरस्थित सरकारी अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित