एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तान भिड्दै

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
ASIA-CUP
फाइल तस्विर

काठमाडौं । एसिया कप क्रिकेटमा आज बुधबार नेपालले पाकिस्तानसँग खेल्दैछ ।

खेल पाकिस्तानको मुल्तानमा नेपाली समय अनुसार आज दिउसो सवा ३ बजे सुरु हुनेछ । पाकिस्तानविरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ । एक दिवसिय विश्व वरियतामा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने नेपाल १५ औं स्थानमा रहेको छ ।
नेपालले एसिया कप क्रिकेटमा सहभागिता जनाउने अवसर पाएको यो पहिलो पटक हो । एसियाको यो प्रतिष्ठित क्रिकेट प्रतियोगिताको १६ औ संस्करण पाकिस्तान र श्रीलंकाले संयुक्तरुपले आयोजना गर्दैछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्नेछ । ६ टोली सहभागि एसिया कपको समुह ए मा नेपाल, भारत र पाकिस्तान तथा समुह बि मा श्रीलंका, बंगलादेश र अफ्गानिस्तान रहेका छन् । गत बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा अपराजित रुपमा च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको हो ।

एसिया कपका खेलहरु आजदेखि भदौं ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुँदैछन् । प्रतियोगिताका १३ मध्ये ४ खेल पाकिस्तान र ९ खेल श्रीलंकामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित