देवघाटमा भ्रमणमा आएका दुई युवक नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
swiming
फाइल तस्विर

पवित्र तिर्थस्थल देवघाटमा भ्रमणमा आएका दुई युवक आज बिहान करिब ७ बजे नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत पढ्ने वर्ष १९ को भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त भ्रमणमा उनीहरु देवघाट आएका थिए ।

नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबा खटिएको टोलीले बेपत्ता भएकाको खोजी कार्य गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित