अख्तियारले आज ३३औं स्थापना दिवस मनाउँदै

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Akhtiyar-Commission-for-the-Investigation-of-Abuse-of-Authority_20180923023236-1
फाइल तस्विर

काठमाडौं । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औँ स्थापना दिवस मनाउँदैछ । ‘सुधारौँ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ आयोगले स्थापना दिवस मनाइरहेको हो ।

प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा आयोजित स्थापना दिवस कार्यक्रम केही बेर अघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाट्न गर्नुभएको छ ।

पंचायतकामै स्थापना भएको अख्तियार दुरुपयोग निवारण आयोगलाई २०४७ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रुपान्तरण गरिएको थियो ।

अख्तियारले विभिन्न किसिमका अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि हटलाइन नम्बर, हुलाक र विभिन्न सामाजिक सञ्चालनमार्फत पनि उजुरी र गुनासो लिंदै आएको छ ।

आयोगका केन्द्र र ७ वटै प्रदेश कार्यालयमा गरी गत पुस मसान्तसम्ममा २२ हजार १ सय २७ उजुरी परेका छन् । ती उजुरीमध्ये ५० प्रतिशत स्थानीय तहमा भएका अनियमितता सम्बन्धि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित