होलीको गीतले गुञ्जायमान हुन थाल्यो मिथिला

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
holi 1
फाइल तस्विर

जलेश्वर । रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ/सहर होलीको गीत (जोगिरा)ले गुञ्जायमान हुन थालेको छ ।

नेपालका तराई मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको मिथिला क्षेत्रमा अहिले साँझ पर्ने बित्तिकै गाउँगाउँमा डम्फु, झ्याली, ढोल, मृदङ्ग बज्न थालेको छ भने चारैतिर जोगिरा (होली गीत)को धुन सुनिन थालेको छ ।

उमेरले ६० पुग्न आँटेका जलेश्वर नगरपालिका-८ बजराही गाउँका विपेन्द्र पाण्डे अहिले साँझ पर्नासाथ आफ्ना घरबाट हातमा डम्फू समातेर गाउँको चौबाटोस्थित मिलन चोकमा पुग्ने गर्छन् ।  त्यस्तै गाउँको उत्तरबारी टोलबाट हारमुनियम लिँदै स्थानीय ५५ वर्षीय रामदेव महरा पनि सूर्यास्त हुनासाथ सोही चौकमा पुग्छन् ।

यी दुवै जनाको आगमन भइसकेको खबर पाउनासाथ गाउँको पछियारी टोलबाट ४४ वर्षीय मोहन साह पनि आफ्नो घरबाटै दुवै हातले झ्याली पिट्दै मिलन चौकमा पुग्ने गर्छन् भने गाउँको पूर्वारी टोलबाट ७० वर्षीय गौरी चौधरी पनि ढोल बजाउँदै सो चोकमा आइपुग्ने गर्छन् ।

विभिन्न वाद्यवादनका साथ मिलन चोकमा आइपुग्ने यी चारजनाबाहेक गाउँकै लोकगायक अरुण पाण्डे, धीरेन्द्र चौधरी, आशनारायण मण्डलसहित अन्य थुप्रै व्यक्ति पनि साँझको दियो बल्ने बित्तिकै मिलन चोकमा जम्मा हुने गर्दछन् ।

आपसी भाइचारा, प्रेम सद्भाव, सुख दुःख साटासाट गर्न र पुस्तौंदेखि चल्दै आइरहेको होलीगीत (जोगिरा)को संरक्षण र प्रवद्र्धनका लागि अहिले दैनिकरुपमा जम्मा हुने गरेका छन् ।

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा (होलीका गीत) सुनिन थाल्छन् । होलैयाहरु (जोगिरा गाउने) एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा बजराही गाउँको टोलटोलमा आ-आफ्ना घरआँगनमा बसिरहेका जोकोही पनि प्रसन्न एवम् खुसी हुने गर्दछन् ।

होलैयाहरुले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजा लिएर विभिन्न धुन र सङ्गीतको सृजना गर्दै सुरु गरेका जोगिरा राति ११/१२ बजेसम्म निरन्तररुपमा चलिरहन्छ ।

विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्काउने तीतामीठा बाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भीड लाग्ने गर्दछ भने जोगिराका क्रममा हुने नाच र गान समेतमा ठूलो सङ्ख्यामा सहभागी हुने गरेको होलैया (जोगिरा गाउने) अरुण पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित