काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् ।
एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको बताए । कांग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल बोकेर हिँडेको भन्दै उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ, केही छैन । उहाहँरु विभिन्न पृष्ठमा नाम उल्लेख भएको ल्याउनुभएको छ ।’
कांग्रेसले भने जस्तो संसदीय समिति बनाए तत्काल राजीनामा माग्ने ओलीको दाबी छ । ‘हामीले रविजीको राजिनामा मागेका छैनौं भन्नु भएको छ । अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ?’ उनले भने, ‘छानबिन समिति बनाएलगतै राजीनामाको खेल सुरु गर्नु हुन्छ ।’
कसैलाई धक्का पर्यो भन्दैमा यस प्रकारको छानबिन गर्ने ?’ ओलीले अगाडि भने, ‘उजुर पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुर पर्छ ।’
Discussion about this post