मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
hording-board-dhalyo-mumbai
फाइल तस्विर

एजेन्सी । भारतको मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ । घटनामा ७० जना घाइते भएका छन् ।

मुम्बईमा आएको आँधीका कारण विशाल होर्डिङ बोर्ड घर र पेट्रोल स्टेशनमथि खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुम्बईको पूर्वी उपनगर घाटकोपरको व्यस्त सडक नजिकैको भवनहरूमा ठोक्किएको हो ।

यसैबीच महाराष्ट्र राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाको उच्च स्तरीय छानबिनको आदेश दिनुभएको छ । घटनामा मारिएका र घाइते भएका परिवारलाई प्रदेश सरकारले ५ लाख भारतीय रुपैयाँ प्रदान गर्ने भएको छ ।

आँधीबेहरीको समयमा शहरको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू अस्थायी रूपमा रद्द गरिएको छ । मुम्बईमा मनसुन शुरु भएपछि प्राकृतिक बिपत्तीमा धेरैको मृत्यु हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित