कोपा अमेरिकामा उरुग्वेको विजयी सुरुआत

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
copa-america-scaled
फाइल तस्विर

१० असार, काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा उरुग्वेले विजयी सुरुआत गरेको छ ।समूह सी अन्तर्गत मायामीस्थित हार्क रक स्टेडियममा भएको खेलमा उरुग्वेले पानामालाई ३-१ ले पराजित गरेको हो ।

उरुग्वेका लागि म्याक्सिमिलयानो अराउजोले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । डार्विन नुनेजले ८५औं मिनेटमा गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे ।

इन्जुरी टाइमको पहिलो मिनेटमा मातिएस भिनाले गोल गरेपछि उरुग्वेले ३-० को अग्रता बनाएको थियो ।पानामाका लागि माइकल मुरिल्लोले इन्जुरी टाइमको पाँचौ मिनेटमा सान्त्वना गोल फर्काए । उरुग्वेले अब बोलिभियासँग खेल्नेछ भने पानामाले अमेरिकासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित