घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
tactor-accident
फाइल तस्विर

१६ असार, बैतडी । बैतडीमा घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते भएका छन् ।

मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

घाइते हुनेमा स्थानीय ७ वर्षीया निकिता चन्द र ७ वर्षीया पूर्णिमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

ढुङ्गा बोक्दै गरेको ट्याक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित