फिल्म खेलाउने भन्दै किशोरीलाई कोटेश्वरको गेस्ट हाउसमा लैजाने कलाकार पक्राउ

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
images
फाइल तस्विर

काठमाडौं । फिल्म तथा म्युजिक भिडिओ खेलाइदिन्छु भन्दै होटलमा लगेर बलात्कारको प्रयास गरेको आरोपमा एक कलाकार जेल पुगेका छन् ।

फेसबुकबाट साथी बनाएर कोठमाडौं बोलाउने र होटलमा लगेर जबरजस्ती गर्न खोजेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले एक कलाकारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।

१४ वर्षिया किशोरीलाई ओखलढुङ्गाबाट काठमाडौं बोलाएर कोटेश्वरको न्यू पूर्वेली गेस्ट हाउसमा लगेर जबरजस्ती करण गर्न खोजेको भन्दै पक्राउ परेका हुन् । नेपाली सेनाका जवान समेत रहेका उनी मुद्दा दर्तापछि पुर्पक्षको लागि थुनामा पुगेका छन् ।
उनले केही लोक तथा दोहोरी गीतमा अभिनय गरेका छन् । उनी १८ वर्षदेखि सेनामा जवान थिए । उनको उमेर ३६ वर्षको छ ।

उनले किशोरीलाई जेठ २४ गते ओखलढुङ्गाबाट काठमाडौं बोलाएका थिए । किशोरी कोटेश्वर आइपुगेपछि साँझ ६ बजे उनले न्यू पूर्वेली गेस्ट हाउसमा लगेर गएका थिए । चिसो खुवाउने बहानामा उनले होटेलको १ सय २ नम्बरको कोठामा लगेर गएका थिए ।

किशोरीले नमान्दा पनि उनले कपडा खोलेर जबरजस्ती गर्न खोजेको पीडितले बताएकी छिन् । पीडित किशोरी बल्ल बल्ल भाग्न सफल भएकी थिइन् ।

प्रहरीले होटेलबाट सीसीटीभी फुटेज समेत बरामद गरेको छ । जहाँ किशोरी भागेर निस्किएकी छिन् र रमेश भने पछि निस्किएका छन् । पछि पीडितले मामाकी छोरीलाई घटनाबारे सुनाएपछि बानेश्वर प्रहरीमा उजुरी परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित