काठमाडौं । नेपालमा यस वर्ष डेंगु संक्रमितको संख्या १ हजार ५४४ नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२३ यता १ हजार ५३३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
यो वर्ष डेंगुको संक्रमण सबैभन्दा धेरै काठमाडौंमा देखिएको छ । काठमाडौं जिल्लामा १८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, ओखलढुंगामा ५३, तनहुँमा ५३ र डोटीमा ५० जना संक्रमित भइसकेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार यसवर्ष पनि डेंगुको जोखिम कात्तिक अन्तिमसम्म रहने छ । एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ, असोज र कात्तिकसम्म रहने देखिन्छ ।
‘गत वर्ष मनसुन चाडै सक्रिय भएकाले डेंगु चाँडै फैलिन सुरु गरेको थियो । यसवर्ष भर्खरै मनसुन सक्रिय भएको छ । अबका दिनमा डेंगुका बिरामी बढ्छन्’, डा. दाहालले भने ‘अघिल्ला वर्षका तथ्यांकलाई हेर्दा कात्तिकसम्म जोखिम रहने देखिन्छ ।’
Discussion about this post