७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको टिप्पणी गरेका छन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ ।
आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो काम गर्दै आएको थियो तर कतिपयलाई त्यो मन परिरहेको थिएन । त्यसैले सरकार गिराइयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै वाईसीएलका एक नेताले भने, ‘राम्रो काम गर्दागर्दै सरकारबाट हटाइए पनि सुशासनको पक्षमा लागिरहन्छौं ।’
अध्यक्ष प्रचण्डले सरकारले गरेका राम्रा कामबारे कार्यकर्ता र जनतालाई बुझाउन जरुरी रहेको भन्दै त्यसमा भूमिका खेल्न युवाहरुलाई आह्वान गरे ।
Discussion about this post