बिग्रेको मोबाईल लिन सामसुङ घरमै आउने

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
1572509332Samsung
फाइल तस्विर

काठमाडौं । सामसुङ नेपालले मोबाइल ग्राहकका लागि नि:शुल्क पिक-अप र ड्रप सेवा ल्याएको छ । वारेन्टी अन्तर्गतका फोनमा समस्या आए ग्राहक आफै सर्भिस सेन्टर जानु नपर्ने गरी कम्पनीले यस्तो सेवा ल्याएको हो ।

यो सेवा साउन १ गतेदेखि सुरु भएको कम्पनीले जनाएको छ ।

मोबाइलमा कुनै समस्या देखा परे ग्राहकले नेपाल टेलिकमको टोल-फ्री नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ वा ह्वाट्सएप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक-अप र ड्रप सेवाको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामसङका प्रतिनिधिहरूले ग्राहकले कल गरेको एक दिनभित्रै घरमै पुगेर मोबाइल पिक-अप गर्नेछन् भने मर्मतपछि पुन: घरमै फर्काएर दिनेछन् ।

हाल यो सेवा काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरका सर्भिस सेन्टरहरूबाट उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित