गुल्मीको मुसिकोटमा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
gulmi-landslide
फाइल तस्विर

२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित