मकवानपुरका ३ खेलाडीको शव हेटौंडा ल्याइयो

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
thumb
फाइल तस्विर

मकवानपुर — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परी मृत्यु भएका मकवानपुरका फुटबलरको शव सोमबार बिहान हेटौंडा ल्याइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को युथ–१४ एकेडेमीमा रहेका ४० जनामध्ये खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरी मृतक खेलाडीको शव आइतबार नै हेटौंडा ल्याउने तयारी भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

सोमबार बिहान हेटौंडा–११ स्थित वाग्मती प्रदेश प्रहरी कार्यालयमा हेलिकोप्टरमार्फत मकवानपुरका तीन जना खेलाडीको शव ल्याइएको हो । मकवानपुरको सिस्नेरी घर भएका दिवस बानियाँ, हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको पहिरोले पुरेर मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालको उपस्थितिमा मृतकको शव आफन्तलाई जिम्मा लगाइएको थियो । मृतकको शव हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समितिमा राखिएको छ ।

मृतकको खेलाडी पार्थव शरीरमा खेलाडी, प्रशिक्षक, खेलप्रेमी, जनप्रतिनिधिहरूले पुष्पगुच्छा अर्पण गरेका छन् । एन्फा मकवानपुरको संयोजनमा खेलाडीको शवलाई उक्त स्थानमा राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित