चितवन, कात्तिक २६- जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत आलुका जातहरुको अध्ययन सुरु गरिएको हो ।
खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका कृषकको बारीमा आलु लगाइ सकिएको छ भने क्याम्पसमा केही दिनमा लगाउने तयारी गरिएको छ । किसानले परापूर्बक कालदेखि लगाउँदै आइरहेका आलुको भन्दा परीक्षण स्वरुप लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिने उहाँले बताउनुभयो ।
आलुको उत्पादन क्षमता हेरेर कुन आलुलाई यस क्षेत्रमा लगाउँदा बढी प्रतिफल लिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने सूचना अधिकारी त्रिपाठीले बताउनुयो । उत्पादन सफल भएमा स्थानीय कच्चा पदार्थको प्रयोगले उत्पादन बढाएर व्यावसायिक आलु खेतीमा कृषकलाई लगाउन मद्दत पुग्ने कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “आलुखेती गर्ने कृषकका लागि यो अध्ययन फलदायी हुने छ ।” जिल्लामा गत आर्थिक वर्षमा एक हजार नौ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । जसबाट ४९ हजार छ सय ७६ मेट्रिक टन आलु उत्पादन भएको उहाँले जानकारी दिनुभयो । क्षेत्रफल र उत्पादन बढाउन यो प्रयोग फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
Discussion about this post