चितवन – चितवनमा पहिलोपटक “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” हुने भएको छ । आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर प्रदान गरिनेछ । छुट्टाछुट्टै ६ वटा वेट क्याटगोरीबाट छनौट भएका गोल्ड मेडलिष्टहरु बीच प्रतिस्पर्धा गराए पछि छनौट हुने प्रतियोगिले नै मिष्टर चितवन २०८१ को बिजेता बन्नेछन् । बिजेताले एकलाख पचास हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
“प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को महिलातर्फ खुल्ला रुपमा भाग लिन पाउने व्यवस्था मिलाइएको छ । महिलातर्फ हुने ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेता हुनेले रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)हुनेले रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)हुनेले रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यस प्रतियोगिता सम्पन्न गर्न २० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको अन्तर्राष्ट्रिय रुपमा विभिन्न कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्वाह गर्नुभई पाँच पटकसम्म मिष्टर नेपाल बिजेता प्रताप काजी बरिया प्रमुख निर्णायकको भूमिका रहने गरी ९ जना सहायक निर्णायकहरुले कार्याक्रममा सहभागिता जनाउने नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका सचिव दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभयो ।
असोज १२ गते, शनिबार भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टमा हुने फाइनल प्रतियोगितालाई नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय अध्यक्ष राजेश बाबु श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीर बहादुर राना मगरले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रमलाई चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका उपाध्यक्ष इन्द्र श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
Discussion about this post