चितवन, मंसिर २- भरतपुरमा एक विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । गोरखा–३ नारेश्वर घर भई हाल भरतपुर–७ बुद्ध चोकस्थित डेरा गरी बस्ने वर्ष ३६ की रमा थापाको मृत्यु भएको हो ।
शनिवार बिहान ९ बजे उनलाई डेरा गरी बस्ने घर अगाडि लडी रहेको अवस्थामा निजको श्रीमान ४० वर्षीय रमेश थापाले देखि उपचारको लागि चितवन मेडिकल कलेज पु¥याएका थिए । ती महिलाको शनिवार बिहान ९ः२७ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
Discussion about this post