प्रथम मिष्टर चितवन प्रतियोगिताको तयारी अन्तिम चरणमा

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
WhatsApp-Image-2024-09-24-at-13.44.50
फाइल तस्विर

भरतपुर/चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनको आयोजनामा भरतपुरमा हुने लागेको प्रथम मिष्टर चितवन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  असोज ११ र १२ गते हुने प्रतियोगिता अन्तर्गत पुरुषतर्फ ५५ के.जि., ६० के.जि., ६५ के.जि., ७० के.जि., ७५ के.जि., ७५ के.जि.भन्दा माथि ६ वटा क्याटगोरी र ५० वर्षभन्दा माथि माष्टर वेट खुल्ला पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर प्राप्त गर्नेछन् । ६ वटा वेट क्याटगोरीबाट छानिएका बीच प्रतिस्पर्धाबाट मिष्टर चितवन २०८१ को बिजेता छनौट गरिनेछ । बिजेताले एकलाख पचास हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।


त्यस्तै, महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेता हुनेले रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)हुनेले रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)हुनेले रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
कार्यक्रमलाई नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय अध्यक्ष राजेश बाबु श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीरबहादुर राना मगरले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित