चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पोमा पहिलो दिनमै १९ वटा गाडीको बुकिङ्ग भएको र सातवटा मोटरसाइकल बिक्री भएका छन ।
बुधबार देखि चितवन एक्स्पो सेन्टरमा शुरु भएको काडा एक्स्पोमा गाडी किन्ने ग्राहहको उल्लेखनीय सहभागिता देखिएको हो । काडाका अध्यक्ष राजन पियाले गाडी र मोटरसाइकल बुकिङ्ग गर्ने र मोटरसाइकल किन्ने उत्साहजनक सहभागिता रहेको जानकारी दिए । ‘एकैदिन हाम्रो एक्स्पोबाट १९ वटा गाडीको बुकिङ्ग भएको र सातवटा मोटरसाइकल बिक्री पनि भईसकेका छन, अध्यक्ष पियाले भने, एक हजार बढीले त अवलोकन गरिसके ।’ उनले मुख्य गरी बीवाइडी, नेटा , सिट्रोन, ह्यन्डाई अमोडा लगायतका कम्पनीका गाडीहरुको बुकिङ्ग बढी भएको बताए ।बुधबार रेनु दाहालको प्रमुख आतिथ्यतामा काडा एक्सपोको उद्धघाटन भएको थियो । बिहीबार देखि थप ग्राहकहरु आउने समेत उनले बताए ।
चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रदशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको हो ।
एसी सहितको वातानुकुलित चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने मेलामा साना ठुला गरी २१ वटा कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधानहरुको स्टल रहेका छन । जिप र माइक्रोको करिव ५ वटा स्टल र प्रर्दशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु राखिएको छ ।
एक्स्पो अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईएको छ । एक्स्पोमा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको छ ।
मेला अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्की ड्र मार्फत तिन जनालाई आकर्षक उपहारको व्यवस्था गरिने छ । एक्स्पोमा सवारी साधानका साथै बैंक तथा इन्स्योरेन्सका समेत स्टल रहने आयोजकले जनाएको छ ।
Discussion about this post